कर्णाली प्रदेशको विविध कला र संस्कृतिको संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कर्णाली प्रादेशिक ललितकलाप्रदर्शनी–२०८२ सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल कमर्सियल आर्टिस्ट संघ र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ मूल भावका साथ प्रदर्शनी सञ्चालनमा आएको हो।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदर्शनी कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नीति अनुसार कर्णालीका तीन अग्रज कलाकार-जुम्लाका चित्रलाल श्रेष्ठ, सुर्खेतका धर्म नेपाली र सल्यानका राजकुमार आचार्यलाई सम्मान गरिएको छ।
तेस्रो संस्करणको यस प्रदर्शनीमा कर्णालीका दश वटै जिल्लाबाट एक सयभन्दा बढी कलाकारका कलाकृति समावेश गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनी जन नमुना माध्यमिक विद्यालय, वीरेन्द्रनगरमा माघ २५ गतेसम्म सञ्चालन हुनेछ।











प्रतिक्रिया दिनुहोस्