२०८३ वैशाख ४ , शुक्रबार

सामाजिक–पारिवारिक सिरियल ‘चुल्हो–चौको’ सार्वजनिक



इन्टर मिडिया र सुरसिनेमाको संयुक्त प्रस्तुतिमा निर्माण भएको सामाजिक–पारिवारिक सिरियल ‘चुल्हो–चौको’ सार्वजनिक भएको छ। उक्त सिरियल इन्टर मिडियाको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

नेपाली समाजको यथार्थ जीवन, पारिवारिक सम्बन्धका उतार–चढाव र सामाजिक मूल्यलाई कथावस्तु बनाइएको यस सिरियलको कथा तथा निर्देशन सुदर्शन चापागाईंले गरेका छन्।

सिरियलमा सुदर्शन चापागाईं, दिनेश शर्मा, कञ्चन परियारलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्माण पक्षले ‘चुल्हो–चौको’ समाजलाई सकारात्मक सन्देश दिने सिरियल हुने विश्वास व्यक्त गरेको छ।

 

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार