प्रतिनिधि सभा निर्वाचन फागुन २१ गतेलाई लक्षित गरी सुर्खेत जिल्लामा १ हजार ८ सय ४० जना ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा खटिने गरी एकीकृत रूपमा यो संख्यामा भर्ना खोल्ने निर्णय गरिएको हो।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत राजधानी समेत रहेको जिल्ला भएकाले अन्य जिल्लाहरुको भन्दा धेरै निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको शाहीको भनाइ छ।
प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार











प्रतिक्रिया दिनुहोस्