२०८३ वैशाख १० , बिहीबार

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो, सबै यात्रु सुरक्षित



झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएर दुर्घटनामा परेको छ।

दुर्घटनामा परे पनि विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।

९एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए र सबैको सुरक्षित उद्धार भइसकेको छ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार अवतरणका क्रममा जहाज धावनमार्गबाट चिप्लिएको हो। घटनाबारे थप प्राविधिक अध्ययन गर्न प्राविधिकसहितको टोली आजै काठमाडौंबाट भद्रपुरतर्फ पठाइँदैछ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार