२०८३ वैशाख १० , बिहीबार

रास्वपाको समानुपातिक छनोटप्रति हसरत अली असन्तुष्ट



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका समानुपातिक उम्मेदवार मोहम्मद हसरत अलीले पार्टीको समानुपातिक बन्दसूची छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। आफू प्राइमरी मतदानमा शीर्ष स्थानमा पर्दा पनि मुस्लिम क्लस्टरबाट अन्तिम सूचीमा नपर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।

आर्थिक अवस्था कमजोर हुनु र केन्द्रको कर्णालीप्रतिको दृष्टिकोणका कारण आफू पछि पारिएको अनुभूति भएको उनले बताएका छन्। यद्यपि रास्वपाले भने समावेशिता, पेशागत विविधता र समग्र प्रतिनिधित्वलाई ध्यानमा राखेर उम्मेदवार छनोट गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार