२०८३ वैशाख १० , बिहीबार

रिप गाउँमा मध्येरातको आगलागी: दुई जना घाईते तिन घर जलेर नष्ट



हुम्लाको सर्केगाड गाउँपालिका–२ मा गएराति भएको आगलागीले ठूलो क्षति पुर्‍याएको छ। आगलागीमा परेर दुई जना स्थानीय घाइते भएका छन् भने तिन परिवारको घर जलेर नष्ट भएको छ।

स्थानीय बिष्णु फडेराका अनुसार राति करिब ११ बजे रिप गाउँस्थित लैबा फडेराको घरबाट आगो फैलिएको हो। आगो तीव्र रूपमा फैलिँदा स्थानीय लैबा फडेरा र बुम्बु फडेरा घाइते भएका छन्। आगलागीमा परेमा दुवै जनाको शरीरका विभिन्न भाग जलेको छन्। घाइतेलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट लैजाने काम भइरहेको जनाइएको छ।

आगोले रिप गाउँका लैबा फडेरा, जयराम फडेरा र क्रान्ती फडेराको घरमा क्षति पुर्‍याएको छ। ३ वटा घरको सबै जले पनि क्षतिको यकिन विवरण आउन बाँकी छ। रातिको समय र पर्याप्त साधन नहुँदा आगो निभाउन समय लागेको फडेराले जानकारी दिए।

रिप गाउँ र छिमेकी उनापानीका बासिन्दाले संयुक्त रूपमा आगो नियन्त्रणको प्रयास गरेका थिए। स्थानीयको लामो प्रयासपछि बिहान करिब साढे दुई बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

घटनापछि जिल्ला प्रशासन कार्यालय, सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाको लगायतबाट टोली उद्धार तथा राहत सामग्रीसहित घटनास्थलमा पुगेका छन्।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार