२०८३ वैशाख ४ , शुक्रबार

७४ औं स्काउट स्थापना दिवस कर्णाालीमा पनि मनाईयो

वृद्धाश्रममा खाना तथा फलफुल वितरण देखि सार्वजनिक स्थल सफाइ सम्म


सुर्खेत । नेपाल स्काउटले बिहिवार ७४ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ । वि.स २००९ असार ५ गते नेपाल स्काउटको स्थापना भएको हो । यसैलाई स्मरण गर्दै हरेक वर्ष असार ५ गते स्थापना दिवस मनाउदै आईरहेको छ।

‘स्काउटिंग सेवा हो’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमामा पनि स्काउट दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । त्यसैक्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, ८ कालुङचोकमा रहेको ग्रेस होम वृद्धाश्रममा फलफूल वितरण र बेलुकाको खाना दिएर दिवस मनाएका छन् । कर्णाली ओपन स्काउट कृर्युका सदस्यहरूले खाद्य सामग्री किनेर आफै पकाएर त्यहाँ रहेका बुबा आमाहरुलाई खुवाई दिएका हुन् ।

यस्तै, वीरेन्द्रनगरको आदर्शराज मेमोरियल स्कूलमा शान्ति विषयमा चित्रकला प्रतियोगिताको आयोजनाका साथै विश्व स्काउटको इतिहास र नेपाल स्काउटको इतिहासबारे नव स्काउट सदस्यलाई जानकारी दिदै मनाएका थिए । वीरेन्द्रनगरकै एसओएस स्कुल ट्रुपले वडा नं ४ का अध्यक्षको उपस्थितिमा सरसफाइ र वक्तृत्वकला प्रतियोगिता आयोजना गरि दिवस मनाएका छन्।

साथै, वीरेन्द्रनगर नगर स्काउट ट्रुप , प्राध्यापक, स्काउट मास्टर र अन्य पदाधिकारीहरूद्वारा वृक्षारोपण र सरसफाइ कार्यक्रम गरि उक्त दिवस मनाएको हो। भने अमर ज्योति मावि स्काउट ट्रुपले विद्यालय परिसरभित्र सरसफाइ कार्यक्रम गरि दिवसलाई मनाएको नेपाल स्काउट कर्णाली प्रदेश कार्यालय प्रमुख नरेन्द्र बोहराले जानकारी दिएका छन्।

बोहराका अनुसार, कालिकोटको महावै गाउँपालिका स्थानीय स्काउटले सरसफाइ कार्यक्रम, सल्यानको सरस्वती प्रावि कपुरकोट-२, दानबाङमा हस्तलेखन प्रतियोगिता , भवानी माध्यमिक विद्यालय, कपुरकोट-६, छाँयानाथमा विद्यालय परिसर सरसफाइ, बिरुवा काँटछाँट र गोडमेल, वीरेन्द्र मावि गर्पामा स्काउट सम्बन्धी प्रशिक्षण तथा सरसफाइ कार्यक्रम गरि उक्त दिवस मनाएका छन्।

 

यता, दैलेखको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका स्काउट ट्रुपद्वारा विद्यालय सरसफाइ र महाबुको ने रा आ बि का स्काउटका विद्यार्थीहरूले विद्यालय हाता सरसफाइ गरी दिवस मनाएका थिए।

   

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार