राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कर्णाली प्रदेशबाट परेका आवेदन सार्वजनिक गरेको छ। आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका २१ जना प्रारम्भिक उम्मेदवारको नामावली विहिवार सार्वजनिक गरेको हो ।
१० जिल्ला रहेको यस प्रदेशमा हुम्लाबाट १ जना , डोल्पाबाट १ , जुम्लाबाट २ र कालिकोटबाट ३ जनाले आवेदन दिएको पाईन्छ । यस्तै दैलेखबाट २ जना, सुर्खेतबाट ७ , सल्यानबाट १ , जाजरकोटबाट १ र रुकुम पश्चिमबाट ३ जनाले समानुपातिक उम्मेदवारमा आवेदन दिएका पाईएको हो । भने मुगुबाट कुनै पनि आवेदन नपरेको सुचनामा उल्लेख छ।
उम्मेद्वार छनोट समितिका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिहान ११ः०० बजेदेखि रास्वपा कर्णाली प्रदेश कार्यालय बिरेन्द्रनगर -९ लाटिकोइली सुर्खेतमा हुनेछ। छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ । कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ ।











प्रतिक्रिया दिनुहोस्