निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन समय थप गरेको छ। आयोगले मंसिर १ देखि १० गते बुधबारसम्म दिएको समय अवधि अपुग भएपछि चार दिन समय थपिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
फागुन २१ गतेका लागि तोकिएको चुनावमा दल दर्ताका लागि दिइएको आवेदनमाथिको प्रक्रिया नटुंगिएपछि आयोगले चार दिन समय थप गरेको हो। बुधबारसम्म १३६ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। प्रतिनिधिसभा चुनावमा भाग लिन ७० भन्दा बढीले आवेदन दिएका छन्।
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्