२०८३ वैशाख १० , बिहीबार

सुर्खेतमा बालविवाह, लागुऔषध दुरुपयोग र साइबर अपराधबारे सचेतना कार्यक्रम सम्पन्न



सुर्खेतको बिरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा सबल युवा समाज, कर्णाली प्रदेशले `बालविवाह, लागुऔषध दुरुपयोग तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम´ सम्पन्न भएको छ।

युवामा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बालविवाह नियन्त्रण, लागुऔषधको दुष्परिणाम र बढ्दो साइबर अपराधबारे युवालाई सचेत बनाउनु आजको आवश्यकता भएको सबल युवा समाजका अध्यक्ष गणेश उपाध्यायले बताए ।

प्रमुख अतिथि सहायक प्रधानाध्यापकले शिक्षा र चेतनाको संयोजनले जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने धारणा राखेका थिए । जिल्लाप्रहरी कार्यालय सुर्खेतको सहकार्यमा प्रहरी प्रतिनिधिहरूले सम्बन्धित कानूनी व्यवस्था, जोखिम र रोकथामका उपायहरूको बारेमा विस्तृत जानकारी प्रदान गरे।

कार्यक्रममा युवायुवती तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै चेतनामूलक अभियानलाई थप सशक्त बनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार