सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरस्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलको होस्टलमा बस्ने १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा होस्टल सञ्चालक महेन्द्र आर्याल पक्राउ परेका छन्।
कक्षा ५ मा अध्ययनरत बालिकालाई ललाइफकाई करणी भएको जानकारी पाएपछि बाबियाचौर प्रहरी चौकीमा उजुरी परेको थियो।
त्यसपछि प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले आर्याललाई राति करिब १२ बजे बाँचकाँडा भन्ने क्षेत्रमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएर बाबियाचौर प्रहरी चौकीमा ल्याइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्