२०८३ जेठ १९ , मंगलबार

फोक्सुण्डो र रिङ्गबो वस्ती विकास कार्यक्रमको शिलान्यास



डोल्पा जिल्लाको पर्यटकीय गन्तव्य फोक्सुण्डो ताल र नजिकैको ऐतिहासिक रिङ्गबो वस्तीको प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारले रिङ्गबो वस्ती विकास कार्यक्रमको शिलान्यास गरेको छ।

शे-फोक्सुण्डो गाउँपालिका–८, रिङ्गबोमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यमलाल कँडेलले प्रमुख आतिथ्य ग्रहण गरेका थिए। रु २१ करोड १२ लाख लागतको यस योजनाअन्तर्गत साङ्टा-फोक्सुण्डो पदमार्ग स्तरोन्नति, दुनै-फोक्सुण्डो ट्रेकिङ रूटमा १६ वटा प्रतिक्षालय निर्माण, सडक र ढल व्यवस्थापन, विद्यालय र पुल निर्माण, गुम्बामा खानेपानी सुविधा, भ्यू–पोइन्ट, संग्रहालय, पार्क तथा तटबन्ध निर्माण गरिनेछ।

पूर्वाधार विकास कार्यालयका अनुसार यो आयोजना २०८४ साल असारभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार