२०८३ वैशाख १० , बिहीबार

सुर्खेत प्रहरी हिरासतमा थुनुवाको मृत्यु



जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ ।


शुक्रबार बिहान लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर– ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृत्युपछि हिरासतको सीसीटीभी फुटेज हेरिएकोमा कुनै असामान्य गतिविधि नदेखिएको प्रहरीले जनाएको छ।

डीएसपी मोहनजंग बुढथापाका अनुसार सुनार ७८ दिनदेखि हिरासतमा थिए र शुक्रबार नै उनको मुद्दाको पेसी थियो।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार