२०८३ असोज १ , बिहीबार

सुर्खेतमा सुकुमबासीको प्रदर्शन : ‘डोजर आतंक बन्द गर’ भन्दै सरकारविरुद्ध नाराबाजी



शुक्रवार दिउँसो सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चौकमा भेला भएका सुकुमबासीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले “डोजर आतंक बन्द गर”, “भूमिहीन सुकुमबासीहरूको उठीबास गर्न पाइँदैन”, “हाम्रो भूमि, हाम्रो अधिकार” तथा “स्थायी बसोबासको ग्यारेन्टी गर” लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले आफूहरू वर्षौँदेखि बसोबास गर्दै आएको स्थानमा डोजर चलाउने चेतावनी अन्यायपूर्ण भएको बताएका छन् ।

उचित व्यवस्थापनबिना बलपूर्वक हटाउने प्रयास स्वीकार्य नहुने उनीहरूको भनाइ छ ।

सुकुमबासीहरूले सरकारसँग वैकल्पिक व्यवस्था, सुरक्षित आवास तथा स्थायी बसोबासको सुनिश्चितता गर्न माग गरेका छन् ।

साथै, समस्याको समाधान संवादमार्फत खोज्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २५ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।