२०८३ साउन ११ , सोमबार

सामाजिक सञ्जाल बन्द नहुने : मन्त्री खरेल



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने बताएका  छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ–संस्थासँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसको बन्दी गर्ने कुनै योजना नभएको बताए।

उनका अनुसार सरकारको उद्देश्य सामाजिक सञ्जाललाई बन्द गर्ने होइन, व्यवस्थित र जिम्मेवार बनाउने हो। “सामाजिक सञ्जाल आजको युगको सशक्त माध्यम हो, त्यसलाई जिम्मेवार र सकारात्मक बनाउन सबैको सहयोग आवश्यक छ,” मन्त्री खरेलले भने।

डिजिटल र अनलाइन माध्यमलाई सरकारले नयाँ मूलधारको सञ्चारमाध्यमका रूपमा चिनेको बताउँदै यस क्षेत्रलाई सदैव प्राथमिकतामा राखिने उल्लेख गरे।

त्यस्तै, उनले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने जानकारी दिए। उनका अनुसार सो सम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको र छिट्टै पारित गरी राजपत्रमा प्रकाशित हुने तयारी गरिएको छ।

नियमावली लागू भएपछि अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सूचना विभागमार्फत हुने मन्त्री खरेलले स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।