२०८३ मंसिर १० , बिहीबार

पूर्वाधार विकास मन्त्रालयले ७ इन्जिनियरलाई सेवाबाट हटाय



पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन्।

कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन्।

त्यस्तै, स्वीकृतिबिना बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो। यससम्बन्धी सूचना मन्त्रालयले आज सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।