२०८३ मंसिर १० , बिहीबार

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको प्रतिस्पर्धा



नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई सर्टलिस्टमा समावेश गरिएको हो।

बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २० गते) सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारलाई वर्णानुक्रमअनुसार राखिएको छ।
सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र रामचन्द्र सेढाईं (गोरखा) रहेका छन्।

रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन्।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ।
उम्मेदवारहरूले उपस्थित हुँदा आफ्नो शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, उनीहरूले उक्त अवसरमा कार्ययोजना तथा आफ्नो दृष्टिकोणसहित प्रस्तुतीकरणसमेत दिनुपर्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।