नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा आज युवाहरूको एक समूहले प्रदर्शन गरेको छ।

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले बस्नेतविरुद्धका नारासहित प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
बस्नेत मंगलबार बिहानमात्रै सुर्खेत आएका हुन्। उनका विरुद्धको विरोध चर्किएसँगै नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
बस्नेतको उपस्थितिलगत्तै वीरेन्द्रनगरका मुख्य चोक तथा सडक क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
युवा संघ नेपालको आयोजनामा मंगलबार वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा बस्नेत सहभागी हुनेगरी कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्