२०८३ मंसिर १० , बिहीबार

दशौँ राष्ट्रिय खेलकुद सात जिल्लामा, २३ खेल सुर्खेतमै हुने, अन्य खेल कहाँ–कहाँ हुँदैछन् ?



दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा आयोजना हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन गरिने जानकारी दिएको हो। प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि सुरु हुनेछ।

राखेपका अनुसार प्रतियोगिताका खेल सुर्खेत, बाँकेको नेपालगञ्ज, बर्दिया, दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिममा सञ्चालन हुनेछन्।

कुल ३२ खेल समावेश गरिएको प्रतियोगितामध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। त्यस्तै, नेपालगञ्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन गरिनेछ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले सहभागिता जनाउनेछन्।

मुख्य प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुने भए पनि १० खेल भने उद्घाटन समारोहअघि नै सञ्चालन गरिने राखेपले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ३ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।