२०८३ भदौ ३० , मंगलबार

नेदरल्यान्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा



नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

फाइल तस्बिर

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्।

घोषित टोलीमा लेग स्पिनर सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी, इशान पाण्डे र नन्दन यादवले स्थान बनाएका छन्।

मुख्य टोलीबाहेक क्यानले पाँच खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

नेपाली टोलीले नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका क्रममा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका आफ्ना खेलहरू खेल्नेछ।

नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।