कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव पदका लागि सिफारिस योग्यताक्रम सूची सार्वजनिक गरिएको छ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले संक्षिप्त सूची (शर्टलिस्ट) मा परेका १० जना उम्मेदवारमध्येबाट छनोट प्रक्रिया पूरा गरी अन्तिम योग्यताक्रम प्रकाशन गरेको हो।
मन्त्रालयका अनुसार ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२’ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता तथा अनुभव मूल्यांकनका आधारमा योग्यताक्रम निर्धारण गरिएको हो।
प्रकाशित योग्यताक्रमअनुसार पहिलो नम्बरमा वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतका रविन्द्र चन्दले ६७.१७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।
त्यसैगरी भेरीगंगा नगरपालिका–४, सुर्खेतका दीपक हमालले ६०.६३ अंकसहित दोस्रो तथा वीरेन्द्रनगर नगरपालिका–५, सुर्खेत प्रमोद हमालले ५२.३७ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
सिफारिस तीनजनाले प्राप्त अंकका आधारमा सिफारिस योग्यताक्रम निर्धारण गरी सम्बन्धित सबैको जानकारीका लागि सूची सार्वजनिक गरिएको जनाएको छ।








