नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा सुर्खेतको ९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
दस सदस्यीय कार्यसमितिको अध्यक्षमा महेश अधिकारी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा विमला थापा (शाही) र देबेन्द्र शर्मा र सचिवमा भक्त मल्ल निर्वाचित भएका हुन् ।
त्यस्तै, सहसचिवमा नकेन्द्र ब शाही र कोषाध्यक्षमा बिक्रम खड्का चयन भएको सचिव भक्त मल्लले जानकारी दिए। भने, सदस्यहरूमा सन्तोष विसि, सुशिलराज देवकोटा, खगेन्द्र बहादुर शाही र नर बहादुर बस्नेत रहेका छन् ।
पुस्तक तथा स्टेशनरी व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउँदै व्यवसायीहरूको हकहित संरक्षणका लागि महासंघले थप सशक्त भुमिका खेल्ने सचिव मल्लले जानकारी दिए। कार्यक्रममा जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको सहभागिता रहेको थियो।








