२०८३ साउन १२ , मंगलबार

खानिकोट फुटसल कप सम्पन्न , उपाधि सिमकोट राईजिङ क्लवलाई



खानिकोट युवा ब्लवको प्रथम 5A साईड फुटसल कप सम्पन्न भएको छ । क्लवले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरेको “खानिकोट फुटसल कप” बुधवार सम्पन्न भएको हो ।

आज भएको फाईनल खेल टाईब्रेकरबाट सिमकोट राईजिङ फुटबल क्लबले नोबेल फुटबल एकेडेमीलाई ६-५ ले हराउँदै उपाधी जितेको आयोजक क्लबका अध्यक्ष सञ्जय बुढाथोकीले जानकारी दिएका छन् ।

जसमा विजेता हुने सिमकोट राईजिङ क्लवलाई पचास हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । भने दृतिय हुने नोबेल फुटबल एकेडेमीलाई बीस हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष बुढाथोकीले बताए।

खेलको बेस्टप्लेअर नोबेल फुटबल एकेडेमीका दिनेश सिंह , बेस्ट किप्पर सिमकोट राईजिङ्ग क्लवका शोयव बोहरा र सबैभन्दा बढी गोल गर्ने आर.जे वाई.सि का राजन वि.क थिए । तिनै जना खेलाडीलाई ट्रफि र प्रसंशा पत्र वितरण गरिएको थियो।

विभिन्न सिलसिलामा हुम्लाबाट संघिय राजधानी पुगेका युवाहरूमा एकताको भावना जागृत गराउन फुटसल प्रतियोगिता सञ्चालन गरेको आयोजकले बताएको छ । मंगलबारबाट सुरु भएको उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा १७ वटा समुहले सहभागिता जनाएका थिए ।

नोबेल एकेडेमिको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बुढाथोकीले गरेका थिए। साथै प्रमुख अतिथि अन्डर १७ महिला राष्ट्रिय टिमकी गोलरक्षक भुमिका शाहीको थियो। भने विशेष अतिथि हुम्ला फुटबल एकेडेमीका विशाल रावतको रहेको थियो।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।