बराईकोको खानिकोट युवा क्लवले 5A साईड फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। विभिन्न सिलसिलामा हुम्लाबाट संघिय राजधानी पुगेका युवाहरूमा एकताको भावना जागृत गराउन प्रथम फुटसल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
अङग्रेजी नयाँ बर्षको अवसरमा रभे फुटसल सेन्टर कपनमा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता पुस १५ गते मंगलबारबाट सञ्चालन हुने क्लबका अध्यक्ष संंजय बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा जम्मा १७ वटा टिमले सहभागीता जनाउने भएका छन् । जसमा भोलि हुने पहिलो उद्घाटन खेल रिप फुटबल क्लब र रोयल फुटबल क्लब बीच विहान ८ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई पचास हजार नगद र दोस्रो हुने टोलीलाई बिस हजार नगद सहित ट्रफि र प्रसंसा पत्र वितरण गरिने बुढाले बताए । भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र बढी गोल गर्ने खेलाडीलाई पनि नगद सहित प्रसंसापत्रले पुरस्कृत गरिने जनाईएको छन्।
प्रतियोगिता पुस १६ गते सम्म नकआउटका आधारमा खेलाइने भएको छ।








