दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ।
चितवनसँग हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा छ भने पहिलो खेलमै चितवनलाई पराजित गरेको लुम्बिनी लगातार दोस्रो जितका लागि मैदान उत्रिँदैछ। कप्तान सोमपाल कामी र रोहितकुमार पौडेलबीच रोचक प्रतिस्पर्धा रहनेछ।
दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्सबीच हुनेछ। कप्तान करण केसी र सन्दीप लामिछाने आमनेसामने हुँदैछन्।
काठमाडौंले दुई खेलबाट दुई अंक जोडेको छ भने पहिलो खेलमै पोखरालाई हराएको विराटनगर आज लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ।
प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार








