कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि कर्णाली याक्सले सोमपाल कामीसहित सहित छ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।
जसमध्ये गुल्सन झा, नन्दन यादव, विपिन प्रसाद शर्मा, दीपेन्द्र रावत, अजुर्न घर्ती र युनिस सिंह ठकुरीलाई रिटेन गरेको हो।

यसैगरि कर्णालीले देव खनाल, रित गौतम, मौसम ढकाल, भुवन कार्की र दीपक डुम्रेलाई रिलिज गरेको छ। पहिलो सिजनमा कर्णालीले भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेर क्रिकेट प्रेमीको ध्यान आफ्नो टिममा तानेको थियो।
एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार








