म्याक्स टाइगर इनर्जी ड्रिङ्कले सञ्चालन गरिरहेको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत चार जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर प्राप्त गरेका छन् ।

काठमाडौं र विराटनगरमा आयोजित एक्स्ट्रिम फ्यानजोन कार्यक्रममार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यसैगरी विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोजकुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् ।
पुरस्कार प्राप्त गरेपछि विजेताहरूले सामान्य रूपमा खरिद गर्ने इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार जित्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् ।
अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।
सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । नेपाल प्रिमियर लिगसँग जोडिएका एक्स्ट्रिम फ्यानजोन कार्यक्रममार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम आगामी दिनमा पनि जारी रहने कम्पनीको भनाइ छ











