२०८३ मंसिर ११ , शुक्रबार

सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको खेल हुने

७:४१ बजे खेल सुरु हुने


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ ।

वर्षाका कारण प्रभावित खेल त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको लामो प्रयासपछि सञ्चालन हुने भएको हो । मैदान निरीक्षण गरेपछि अम्पायरहरूले खेललाई ५–५ ओभरमा सीमित गर्ने निर्णय गरेका हुन् ।

निर्धारित तालिकाअनुसार खेलको टस साँझ ७:२५ बजे हुनेछ भने खेल ७:४१ बजे सुरु हुनेछ ।

खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल सञ्चालन गरिनेछ । पाँच ओभरको छोटो खेल र सानो बाउन्ड्रीका कारण दुवै टोलीबाट आक्रामक ब्याटिङसहित उच्च स्कोरको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।