राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती (पृथ्वी जयन्ती) को अवसरमा सवाल युवा समाजको आयोजनामा सुर्खेतको यरिचोकमा प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेन्जी पुस्ता युवा भूपेन्द्र खनालको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो।
राष्ट्रप्रेम, राष्ट्रिय एकता र ऐतिहासिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दिप प्रज्वलन गर्दै राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा बोल्दै संयोजक खनालले पृथ्वी नारायण शाहको एकताको विचार आज पनि सान्दर्भिक रहेको उल्लेख गरेका थिए । सवाल युवा समाजले यस्ता कार्यक्रममार्फत युवामा राष्ट्रिय चेतना जगाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार








