
गलत तथा भ्रामक सूचना (Mis/Disinformation) विषयमा केन्द्रित कोलोक्वियम (Colloquium) संवाद कार्यक्रम सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको आयोजनामा तथा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा आयोजित कार्यक्रम विश्वविद्यालयअन्तर्गत ग्राजुएट स्कुल अफ लको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा सूचना प्रविधिको तीव्र विकाससँगै फैलिँदै गएको गलत तथा भ्रामक सूचनाले समाज, लोकतन्त्र र सञ्चार क्षेत्रमा पार्न सक्ने असरबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सञ्जाल, अनलाइन मिडिया तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने गलत सूचना पहिचान गर्ने तरिका, त्यसको न्यूनीकरणका उपाय तथा यस प्रक्रियामा पत्रकारिता र शैक्षिक क्षेत्रको भूमिकाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्दै तथ्यमा आधारित सूचनाको प्रवाह अपरिहार्य रहेकोमा जोड दिइएको थियो। उक्त कार्यक्रमा मिडिया पार्टनरका रूपमा कारखाना मिडिया रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्