२०८३ वैशाख १० , बिहीबार

लुम्बिनी लायन्स एनपीएल च्याम्पियन, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता



लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।

 

कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान ३–३ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पारे। रोहितले ह्याट्रिकसमेत पूरा गरे। ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्‍यो। ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ्स खेले।

यस जितसँगै लुम्बिनी लायन्स पहिलो पटक एनपीएल च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार