२०८३ वैशाख ४ , शुक्रबार

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्दै, को को बन्दै छन् ?



प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी पूरा गरेकी छन्।

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय भएको छ।

नयाँ मन्त्रीहरूलाई महिला तथा बालबालिका, वन तथा वातावरण, श्रम, र भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले जनाएको छ।

उनीहरूको शपथग्रहण आज दिउँसो ३ बजे शीतल निवासमै गराइने छ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लोपटक ९ कात्तिकमा तेस्रो पुनर्गठन गर्दै डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको थियो।

आजको विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार