२०८३ वैशाख ४ , शुक्रबार

निर्वाचन आयोगमा ‘हाम्रो पार्टी नेपाल’ दर्ता, सुनारले लिए प्रमाणपत्र



खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल सोमबार निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ।


मध्याह्नतिर आयोग पुगेको टोलीले बाजागाजासहित दर्ता प्रमाणपत्र बुझेको हो।

गत कात्तिक १८ गते दलदर्ताका लागि निवेदन दिएको उक्त समूहले आज आयोगबाट आधिकारिकता प्रमाणपत्र प्राप्त गरेको पार्टी स्रोतले जनाएको छ।

सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरू दर्ता हुनु स्वाभाविक भएको जिकिर गरे ।

पार्टी दर्तासँगै अब आयोगले तोकिएको कानुनी प्रक्रियाअनुसार गतिविधि सञ्चालन गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार