२०८३ वैशाख १० , बिहीबार

सुदूरपश्चिम रोयल्सको विजयी सुरुआत, काठमान्डु गोर्खाज २९ रनले पराजित



नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स विजयी सुरुआत गर्न सफल भएको छ। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शनसहित रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले हरायो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले खराब सुरुआत गर्दै ४ रनमै ३ विकेट गुमाए पनि कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले पारी सम्हाले। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रनको विस्फोटक इनिङ्स खेले। निर्धारित ओभरसम्हि सबै विकेट गुमाएर सुदूरपश्चिमले १४७ रन बनायो।

जवाफमा काठमान्डु १६.५ ओभरमै ११८ रनमा अलआउट भयो। आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट हासिल गरे।

काठमान्डुको बलिङतर्फ करण केसीले ४ विकेट लिएका थिए।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार