२०८३ वैशाख १० , बिहीबार

एनपीएल हेर्न अब डिशहोम गोमा ३०० शुल्क तिर्नुपर्ने



 डिशहोम गो एपबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन हेर्न प्रति डिभाइस तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ । १ मङ्सिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन डिशहोम गो एपबाट हेर्न प्रति डिभाइस तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

खाडी मुलुकका दर्शकले पाँच सय रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ। एकपटक शुल्क तिरेपछि सम्पूर्ण सिजनका खेल हेर्न सकिनेछ।

क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो । जसमा डिशहोम गो एप छनोट भएको हो । एनपीएल भारत र नेपालमा स्टार स्पोर्ट्स टेलिभिजनमार्फत पनि प्रशारण हुनेछ भने अर्को नेपाली च्यानलको टुङ्गो शनिबार लाग्नेछ।

एनपीएलका खेल युट्युबमा प्रशारण नहुने डिशहोमले जनाएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार