राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२३औं बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ।

गत वर्ष मंसिरमा निर्धारित प्रतियोगिता मिति तीनपटक सारिँदै स्थगित भएको थियो। नयाँ खेलकुदमन्त्री बब्लु गुप्ताको नेतृत्वमा बसेको पहिलो बैठकले नयाँ मिति तोकेको हो।
यसअघि २०७९ सालमा गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदपछि झण्डा कर्णालीलाई हस्तान्तरण गरिएको थियो। तर भौतिक तथा आर्थिक कारणले पटक–पटक मिति सारिँदै आएको हो।
बैठकले अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार सिफारिस गर्ने निर्णय पनि गरेको छ। साथै, खेल संघहरूलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न र घोषित पुरस्कार तथा सुविधा १५ दिनभित्र खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिइएको छ।
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार










प्रतिक्रिया दिनुहोस्