२०८३ वैशाख १० , बिहीबार

आक्रोशित हर्कलाई बालेनको जवाफ: एक तर्फी नै सही, तर मेरो माया साँचो हो



काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन्।

हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत निरन्तर आक्रोश पोख्दै बालेनमाथि लक्षित टिप्पणी गर्दै आएका अवस्थामा, बालेनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै ‘म तिमीलाई माया गर्न छोड्दिन’ भन्दै सम्बोधन गरेका हुन्।

उनले हर्कप्रति आफ्नो भावना प्रकट गर्दै, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो,’भनेर उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार