राष्ट्रिय युवा परिषदको १८औं बोर्ड बैठकले सबै प्रदेशमा प्रदेश युवा परिषद र सबै पालिकामा स्थानीय युवा परिषद गठन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरेको छ।

बैठक युवा तथा खेलकुद मन्त्री तथा परिषद अध्यक्ष तेजुलाल चौधरीको अध्यक्षतामा बुधबार सानोठिमीमा सम्पन्न भएको हो।
बैठकले आर्थिक बर्ष २०८१/८२ को समीक्षा गर्दै २०८२/८३ को कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको छ।
कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘जहाँ कार्यकारी सरकार, त्यहाँ युवा परिषद’ भन्ने मान्यता अनुसार युवाको सर्वाङ्गीण विकासका लागि पहल गरिएको बताए।
हालसम्म बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रदेश युवा परिषद गठन भइसकेको छ भने ३१ स्थानीय तहमा स्थानीय युवा परिषद बनेका छन्।
बैठकमा मन्त्रालयका सचिवहरू, महासंघका प्रतिनिधि र परिषद सदस्यहरूको सहभागिता थियो।
यसैबीच, राष्ट्रिय युवा नीति २०८२ ले १६ देखि ३५ वर्ष उमेर समूहकालाई युवाका रूपमा परिभाषित गरेको छ ।











प्रतिक्रिया दिनुहोस्