२०८३ साउन १२ , मंगलबार

एनपीएलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने



त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। खेल अपराह्न ३:३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा चार खेल खेलेको कर्णाली याक्सले अहिले सम्म एक खेलमा मात्र जीत हासिल गरेको छ। दुई अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीका लागि प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नैपर्ने स्थिति छ।

उता, करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाज पाँच खेलमै विजय हासिल गरी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्लेअफ यात्रा सुनिश्चित गर्न काठमाडौंका लागि पनि यो खेल उत्तिकै महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।